२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

सभामुख घिमिरे दलका प्रमुख सचेतक र समिति सभापतिसँग छलफलमा

ADV
मध्यान्ह
२०८१ कार्तिक ६ गते १२:१७
सभामुख घिमिरे दलका प्रमुख सचेतक र समिति सभापतिसँग छलफलमा

काठमाडौं : सभामुख देवराज घिमिरे, दफावार छलफलका लागि विधेयक रहेका संसदीय समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकबीच छलफल शुरु भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा छलफल जारी छ ।

सभामुख देवराज घिमिरेले संसदको आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन दफावार छलफलका लागि विधेयक रहेका समिति सभापतिहरूलाई छलफलमा बोलाएका हुन् ।

अधिवेशन नभएको अवस्थामा सांसदहरू जिल्ला बाहिर हुने र समितिको कोरम पुर्याउन समेत कठिन भएको सभापतिहरूले सभामुखसँग गुनासो गरेपछि सभामुखले छलफल थालेका हुन् ।

बैठकमा सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छन् । 

दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति,अर्थ समितिमा विधेयक रहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise