२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

भिस्ताराको जहाजमा बम राखेको हल्ला, त्रिभुवन विमानस्थलमा सेनाको बम डिस्पोजल टोली परिचालन

ADV
मध्यान्ह
२०८१ कार्तिक ६ गते १७:३९
भिस्ताराको जहाजमा बम राखेको हल्ला, त्रिभुवन विमानस्थलमा सेनाको बम डिस्पोजल टोली परिचालन

काठमाडौं : भारत नयाँदिल्लीबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएको छ ।

बम रहेको हल्ला भएपछि अहिले विमानस्थलमा सर्च अप्रेसन चलाइएको छ । भारतकाे दिल्लीबाट आएकाे यूके १५५ कल साइनको विमानमा बम रहेको हल्ला चलेको हो ।

जहाजमा बम रहेको आशंकामा नेपाली सेनाको डिस्पोजल टोली परिचालन गरिएको छ ।

जहाजबाट सबै यात्रु बाहिर निकालिसकिएको र जहाजलाई छुट्टै राखेर सुरक्षा जाँच भइरहेको छ ।

यसअघि पनि भारतीय कम्पनीका विमानहरूमा बम रहेको हल्ला चलेका घटनाहरू आइरहेका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise