एजेन्सी : इङ्ल्याण्ड आगामी वर्ष हुने युरोकपमा छनोट भएको छ । गएराति भएको समूह ए खेलमा मोन्टेनेग्रोलाई सात–शुन्य गोल अन्तरले हराउदै इङ्ल्याण्डले युरोकपमा ठाउँ सुरक्षित गरेको हो । इङ्ल्याण्डका लागि कप्तान ह्यारी केनले ह्याट्रिक गरे । त्यस्तै चाम्बरलिन, माक्र्स रास्फोर्ड र अब्राहमले एक–एक गोल गरे । मोन्टेनेग्रोका सोफ्रनाकले आत्मघाति गोल गरे ।
समूह बी को अर्को खेलमा लिथुबानियालाई छ–शुन्यले हराउदै पोर्चुगल पनि छनौट नजिकै पुगेको छ । पोर्चुगलका लागि रोनाल्डोले ह्याट्रिक गरे । त्यस्तै एफोन्सो फर्नान्डेस, मेन्डेस पेसेन्सिया र बर्नार्डो सिल्भाले एक–एक गोल थपे । पोर्चुगल ७ खेलबाट १४ अंक सहित समूह बीको दोस्रो स्थानमा छ ।
राति नै भएका अन्य खेलमा सर्बियाले लम्बेमबर्गलाई तीन दुई, फ्रान्सले माल्डोभालाई दुई एक, चेक रिपब्लिकले कोसोभोलाई दुई गोलले हराएको छ । त्यस्तै अल्बानिया र अन्डोराले दुई–दुई गोलको बराबरी खेलेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies