२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

रास्वपाका कार्यकर्ताले आन्दोलन बाहेकका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गर्न नपाउने 

Nada
२०८१ कार्तिक ७ गते १२:१७
Shares
रास्वपाका कार्यकर्ताले आन्दोलन बाहेकका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गर्न नपाउने 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरा पुगेका नेता कार्यकर्तालाई आन्दोलनबाहेकका अन्य क्रियाकलापका संलग्न भएको तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरे कारवाही गर्ने चेतावनी दिएको छ। 

ncell

सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा थुनामा रहेका पार्टी सभापति लामिछानेको न्यायका लागि भन्दै पोखरामा भइरहेको आन्दोलनमा सहभागी हुन पुगेका नेता कार्यकर्ताले घुमघामका तस्बिर सामाजिक सञ्जालमा राख्न थालेपछि रास्वपाले यस्तो निर्देशन दिएको हो ।

सभापति लामिछाने पक्राउको विरोधमा पोखरा पुगेका नेता कार्यकर्ताहरुलाई रास्वपाको अनुशासन विभागले आन्दोलनको फोटो भिडियोमात्रै सामाजिक सञ्जालमा पोष्ट गर्न निर्देशन दिँदै म्यासेज गरेको छ । 

‘पोखरामा आएका साथीहरु आन्दोलनबाहेकको घुमघामको फोटो पोस्ट गरेको पाइए कारबाही हुन्छ’, म्यासेजमा भनिएको छ, ‘सबै पार्टी सदस्यले आन्दोलनको फोटो, भिडियो शेयर गर्न निर्देशन गरिन्छ ।’

अदालतले लामिछानेलाई शुक्रबारदेखि गणना हुने गरी अनुसन्धानका लागि ६ दिन म्याद दिएको थियो । त्यसको विरोधमा देशैभरका हरेक जिल्लाबाट कम्तीमा १०० जना कार्यकर्ता पोखरा जान रास्वपाले सर्कुलरसमेत जारी गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर