२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा राहत सामग्री वितरण

Nada
२०८१ असार २ गते २१:४४
Shares
सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा राहत सामग्री वितरण

काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आगलागीका पीडित परिवारलाई सहयोग गरेको छ । कम्पनीले २०८१ साल बैशाख १८ गते सप्तरी जिल्ला महादेव गाउँपालिका–१ चिम्टिमा आगलागीका कारण प्रभावित ६६ घर परिवारलाई कम्पनीले आफ्नो लाहान स्थित शाखा कार्यालय मार्फत दुई लाख बरावरको खाद्यान्न लागायतका राहत सामग्रीहरु वितरण गरेको छ ।

ncell

राहत वितरण कार्य असार १ गते कम्पनीको लाहान शाखाका शाखा प्रमुख तथा स्थानीयहरुको उपस्थितिमा गरेको कम्पनीको भनाइ छ । कम्पनीले विगत देखि नै विपद्को समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत विनियोजित रकमबाट प्रभावित क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर