२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सूर्यज्योति लाइफको मोबाइल एप डाउनलोड ६० हजार नाघ्यो

Nada
२०८१ असार २ गते २१:४५
Shares
सूर्यज्योति लाइफको मोबाइल एप डाउनलोड ६० हजार नाघ्यो

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्सले अहिले सम्म आफ्नो मोबाइल एपको डाउनलोड ६० हजार  भन्दा बढी पुगेको जनाएको छ । सो एपको प्रयोगले अभिकर्ताहरुलाई व्यवसाय विस्तार गर्न र बीमा योजना समबन्धी सम्पूर्ण जानकारी लिन सहज हुने र सक्रिय अभिकर्ताबीच आफ्नो टीम व्यवसाय विस्तार गर्न अमूल्य भूमिका खेल्ने कम्पनीले जनाएको छ ।

ncell

सो एपमा प्रिमियम क्यालकुलेटरको सुबिधा भएका कारण अभिकर्ताहरुले बिमितको उपयुक्त विवरणहरु समावेश गर्नासाथ बिमितको प्रिमियमको जानकारी तुरुन्तै पाउन सकिने जनाइएको छ । साथै उपयुक्त बीमा पोलिसी समेत अनुमान गर्न सकिने कम्पनीले जनाएको छ । 

अभिकर्ताहरुले आफ्नो टिम व्यवसाय, बिमितहरुको विस्तृत जानकारी, मेडिकल सहितको प्रिमियम, नवीकरण सम्बन्धी विवरण, आय विवरण, अभिकर्ता सञ्जाल, नोटिफिकेसन तथा  अन्य थुप्रै सुबिधाहरु समावेश भएकै कारण सूर्यज्योति मोबाइल एप अभिकर्ताहरुको रोजाईमा परेको कम्पनीको दाबी छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत, प्रकाशबिक्रम खत्रीले एपको उल्लेखनीय सफलताले आफूलाई थप उत्साहित बनाएको बताए । साथै बीमा क्षेत्रमा डिजिटल प्रविधिको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै, सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफूले  प्रदान  गर्ने सेवा लगाएत सूर्यज्योति लाइफको एपमा समय सापेक्ष परिमार्जित र परिस्कृत गर्दै लैजाने विश्वास खत्रीले गरे । सूर्यज्योति लाइफ इन्स्योरेन्स एप डाउनलोड गर्नका लागि एप्पल एप स्टोर वा गूगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर