काठमाडौं : गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२४ को दशौं संस्करणको लागि आवेदन खुला भएको छ । ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्र बाहेक किशोरकिशोरीहरुमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै, उनीहरुको समाजमा गरेको प्रभावकारी कार्यलाई र अद्वितीय प्रतिभालाई पहिचान गराउन सो कार्यक्रमको आयोजना गर्ने भएको हो ।
ग्लोकल टिन हिरो नेपालले १३ देखि १९ वर्षका किशोरकिशोरीहरुको पहल, सिर्जनशीलता र उत्साहलाई गहिरो रुपमा मान्यता दिँदै, उनीहरुलाई स्थानीय र वैश्विक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सशक्त बनाउँदै आएको छ । यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गर्ने विश्वास ग्रुपले लिएको छ ।
यस वर्ष, हामीले पूर्वदेखि पश्चिमसम्म ५० भन्दा सहरहरु र एक हजार विद्यालय÷कलेजहरुका एक लाखभन्दा बढी किशोर किशोरीहरुसम्म पुग्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ । समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरणका कार्यहरु लगायत विभिन्न क्षेत्रमा आफ्नो कौशलता दर्शाएका प्रतिभावान किशोर किशोरीहरुले वेबसाइटमार्फत् निःशुल्क अनलाइन आवेदन भर्न सक्छन् ।