२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

सिटिजन्स बैंक र स्तूपा स्वास्थ सेवा सहकारीबीच छुट सम्झौता

ADV
मध्यान्ह
२०८१ असार २ गते २१:४७
सिटिजन्स बैंक र स्तूपा स्वास्थ सेवा सहकारीबीच छुट सम्झौता

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र चुच्चेपाटी, काठमाडौंस्थित स्तूपा स्वास्थ सेवा सहकारी संस्था लि. बीच सिटिजन्स बैंकका ग्राहकहरुलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरुले स्तूपा स्वास्थ सेवा सहकारी संस्थामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

सो किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरु बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने जनाइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise