२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

वनलाई व्यवसाय र पर्यटनसँग जोड्नुपर्छः वनमन्त्री पौडेल

Nada
२०८१ कार्तिक ७ गते २२:१३
Shares
वनलाई व्यवसाय र पर्यटनसँग जोड्नुपर्छः वनमन्त्री पौडेल

लमजुङ : गृह पालिका आएका गण्डकी प्रदेशका नवनियुक्त वनमन्त्री भेषबहादुर पौडेलले राज्यलाई आम्दानी बढाउन वनलाई उत्पादन, व्यवसाय र पर्यटनसँग जोड्नुपर्ने बताएका छन् ।

ncell

लमजुङ उद्योग वाणिज्य संघद्वारा लमजुङ बेसिशहर नगरपालिका ७ स्थित उद्योग वाणिज्य संघको सभा हलमा आयोजित यस उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा सल्लाहकार रहनुभएका नवनियुक्त मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

वनमा खेर गएका काठहरु हटाएर जडिबुटि यर्सागुम्बा, निरमसीदेखि पांचअमले, त्यस्तै बाँदर एवम् जंगलीले  नखाने ओखर लगायतका बिरुवा राज्यको तर्फबाट ब्यबसायिक रूपमा व्यवसाय गर्न सक्यो भने अर्बौं रुपैयाँ आम्दानी हुने उनले बताए । 

त्यस्तै उनले भने,‘धेरै पर्यटकीय क्षेत्र वन क्षेत्रमा छ, यसलाई प्रयोग गरेर पर्यटकलाई आकर्षित गर्दै लिजबाट पनि धेरै व्यवसाय गर्न सकिन्छ । विदेशबाट गुणस्तरहिन काठहरु आयात भइरहेका छन् ।’

ढलेका रुखहरुलाई हटाएर वनलाई जोगाउन सके नेपालकै वन बाट गुणस्तरीय काठहरु उत्पादन हुने साथै आम्दानी समेत बढ्ने उनको भनाई छ । उनले वनलाई उत्पादन र आम्दानी गर्न निजी क्षेत्रको साथ जरुरी रहेको बताए । मन्त्री पौडेलले लमजुङको नाम राख्ने गरी कुनै गल्ति नगरी काम गर्ने प्रतिबद्धता जनाए । 

सो अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठले बधाई, सुभकामना दिँदै सम्मान पत्र हस्तान्तरण गरेर सम्मान समेत गरिएको छ । साथै विभिन्न व्यवसायहरुले बधाई तथा शुभकामना दिएका थिए ।
 

सम्बन्धित खबर