२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

बजाज पल्सर एन १५० नेपालमा सार्वजनिक

Nada
२०८१ असार २ गते २१:४९
Shares
बजाज पल्सर एन १५० नेपालमा सार्वजनिक

काठमाडौं : बजाज मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीले पल्सर एन १५० मोटरसाइकल सार्वजनिक गरेको छ । भारतमा एक वर्षअघि लन्च भएको मोटरसाइकल कम्पनीले हाल नेपाल भित्राएको हो ।

ncell

यो स्पोर्टी मोटरसाइकलअघि नै बजाजले एन सिरिजमा एन २५० र १६० बजारमा लन्च गरिसकेको छ । गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छाले मोटरसाइकलबारे बोल्दै भने, ‘नेपालमा लन्च भएदेखि नै पल्सरले मोटरसाइकल क्षेत्रमा नयाँँ मापदण्ड सेट गर्दै आइएको छ, ७० भन्दा बढी देशहरुमा पल्सर विश्वव्यापी रुपमै सर्वाधिक रुचाइएको ब्रान्ड बन्न सफल भएको छ, फेरि पनि यही सिलसिलालाई कायम राख्दै हामीले पल्सर एन १५० लन्च गरेर नेपालका बजाज प्रेमीलाई अर्को उपहार ल्याएका छौँ ।’

पल्सर एन १५० मा ब्लुटुथ कनेक्टिभिटी सहितको कल तथा एसएमएस अलर्ट फिचर रहेको छ । साथमा युएसबी चार्जिङ पोर्ट पनि उपलब्ध छ । यसको फ्युल इन्जेक्सन सिस्टम र बिएस ६ ले यो बाइकलाई थप आकर्षित बनाएको कम्पनीले बताएको छ । पल्सर एन १५० एरोडायनामिक थ्रीडी फ्रन्ट सहितको स्लीक डिजाइनको उपलब्ध हुनेछ । १४९.६८ सीसी इन्जिन रहेको पल्सर एन १५० ले १४.५ पीएस पावर र १३.५ एनएम टर्क उत्पन्न गर्छ । यसले ४८ किलोमिटर माइलेज दिने कम्पनीको भनाइ छ । नेपाली बजारमा पल्सर एन १५० को मूल्य तीन लाख ५९ हजार ९०० रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर