२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

एमालेलाई दिएको जग्गा विवादको रिट निवेदनमाथि आज सुनुवाइ हुँदै 

Nada
२०८१ कार्तिक ८ गते १२:०१
Shares
एमालेलाई दिएको जग्गा विवादको रिट निवेदनमाथि आज सुनुवाइ हुँदै 

काठमाडौँ : व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई जग्गा दान गरेको जग्गाको विषयमा सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।

ncell

प्रधानमन्त्री केपी ओलीले व्यवसायीबाट घुस लिएको भनी अधिवक्ता ज्ञानबहादुर बस्नेतसहितले दर्ता गराएको रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेशी तोकिएको हो ।

जग्गा दान गर्ने गुरुङमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत छानबिन गरिरहेको अवस्थामा प्रधानमन्त्रीको पार्टीलाई जग्गा दान गर्नु भ्रष्टाचार रहेको अभियोग निवेदकले लगाएका छन् । उनीहरूले उक्त जग्गा दान खारेजीको माग समेत गरेका छन् ।

सम्बन्धित खबर