२०८२ भदौ २४ गते मङ्गलवार / Sep 09 , 2025 , Tuesday
२०८२ भदौ २४ गते मङ्गलवार
Ads

एमालेलाई दिएको जग्गा विवादको रिट निवेदनमाथि आज सुनुवाइ हुँदै 

shivam cement
मध्यान्ह
२०८१ कार्तिक ८ गते १२:०१
एमालेलाई दिएको जग्गा विवादको रिट निवेदनमाथि आज सुनुवाइ हुँदै 

काठमाडौँ : व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई जग्गा दान गरेको जग्गाको विषयमा सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।

प्रधानमन्त्री केपी ओलीले व्यवसायीबाट घुस लिएको भनी अधिवक्ता ज्ञानबहादुर बस्नेतसहितले दर्ता गराएको रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेशी तोकिएको हो ।

जग्गा दान गर्ने गुरुङमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत छानबिन गरिरहेको अवस्थामा प्रधानमन्त्रीको पार्टीलाई जग्गा दान गर्नु भ्रष्टाचार रहेको अभियोग निवेदकले लगाएका छन् । उनीहरूले उक्त जग्गा दान खारेजीको माग समेत गरेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise