काठमाडौँ : पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले अब काठमाडौँमा आन्दोलन गर्ने भएको छ । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पोखरामा आन्दोलन गर्दै आएको थिए ।
पार्टी सभापति लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत ६ दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएकोमा शुक्रबारदेखि भने काठमाडौँमा प्रदर्शन गर्ने भएको छ ।
रास्वपाले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौँ केन्द्रित आन्दोलन गर्ने बताएको हो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत शुक्रबार प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।