२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

सिद्धार्थ बैंकद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सहयोग

ADV
मध्यान्ह
२०८१ असार २ गते २१:५२
सिद्धार्थ बैंकद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सहयोग

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड रुपैयाँ सहयोग गरेको छ । सिद्धार्थ बैंकले बालबालिकाहरुका उचित र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ निर्माण भइरहेको हेपाली हाइट स्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई सहयोग स्वरुप एक करोड रुपैयाँ प्रदान गर्ने सम्झौता गरेको हो । 

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र अस्पतालका अध्यक्ष तथा वरिष्ठ मुटु शल्यचिकित्सक प्रा.डा. भगवान कोइरालाले हस्ताक्षर गरेका छन् । बालबालिकाहरु राष्ट्रका कर्णधार हुन् र राष्ट्रको उज्जवल भविष्य बालबालिकाहरुको स्वास्थ्यमा निर्भर हुने मान्यताको साथ बैंकले यस कल्याणकारी कार्यमा सहभागिता जनाएको छ । सो सहयोगले बाल स्वास्थ्य क्षेत्रमा उचित र गुणस्तरीय सेवा प्रदान गर्न अहम् भूमिका खेल्नेछ भन्ने विश्वास बैंकले लिएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise