२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

shivam cement
२०८१ कार्तिक ८ गते १६:४६
Shares
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौंः बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नुवाकोट किस्पाङ्ग गाउँपालिका–१ काउले घर भइ काठमाडौं महानगरपालिका–२२ सुन्धारा बस्ने ४३ वर्षीय हरी चन्द्र पौडेल र ३३ बर्षीय अर्जुन कुमार पौडेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत सर्लाही मलंगवाको २०८१ भदौ २१ गते उक्त मुद्दामा पक्राउ अनुमति जारी भइ फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१६ बनस्थलीबाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय बरहथवा सर्लाही पठाइएको छ ।  

सम्बन्धित खबर