काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल विश्वकर्माविरुद्ध रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएको छ ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता नारायण बहादुर पहराईको जाहेरीका आधारमा न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले पक्राउ गर्न अनुमति दिएको हो ।
अदालतले छविलाल जोशी, रवि लामिछाने, दिपक लामा, अनन्त बाबु राई, श्री वल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसि र शिव बहादुर गुरुङलाई पक्राउ गर्न अनुमति दिएको हो ।
पोखरा प्रहरी हिरासतमा रहेका रवि र छविलाई थप अनुसन्धानका लागि कास्की जिल्ला अदालतले बिहीबार नै ७ दिनको म्याद दिएको छ ।