२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

सूर्यदर्शन सहकारी प्रकरणमा थप एक जना पक्राउ

Nada
२०८१ कार्तिक ९ गते १७:०१
Shares
सूर्यदर्शन सहकारी प्रकरणमा थप एक जना पक्राउ

काठमाडौंः सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । सूर्यदर्शन सहकारीमा रकम हिनामिना गरेको आरोपमा नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक एवं शेयरधनी राम बहादुर खनाल पक्राउ परेका हुन् ।

ncell

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले तनहुँको बगालेफाँटका ४८ वर्षीय खनाललाई शुक्रबार काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो । खनाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।  । 

सम्बन्धित खबर