२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

नयाँबसपार्क क्षेत्रबाट अवैध पटाका बरामद

Nada
२०८१ कार्तिक १० गते ०९:००
Shares
नयाँबसपार्क क्षेत्रबाट अवैध पटाका बरामद

काठमाडौंः प्रहरीले काठमाडौंको नयाँबसपार्क क्षेत्रबाट पटाका बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–२६ अवैधरुपमा पटाका लुकाइछिपाइ ओसारपसार गरेको अवस्थामा बरामद गरेको हो ।

ncell

अवैधरुपमा पटकाजन्य वस्तु लुकाइछिपाइ ओसारपसार गरिरहेको अवस्थामा दुईवटा बोरा चेकजाँच तथा खानतलासी गर्दा काठमाडौं महानगरपालिका–२९ पुतलीसडक बस्ने २५ वर्षीय न्यूजल कसालाई पटाकासहित शुक्रबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ कसासँग पेन्टा कलेक्सन चार प्याकेट, फ्लोर सर्ट दुई प्याकेट, फ्लाइङ सर्ट तीन प्याकेट, १२ सुट पाँच प्याकेट, ३० सुट सात प्याकेट, ६० सुट दुई प्याकेट, सात कलर सुट आठ प्याकेट, कक्टेल बार दुई प्याकेट बरामद गरेको छ ।

पक्राउ व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको नयाँबसपार्क प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर