२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

‘सरकारले मधेसको विकासमा उच्च प्राथमिकता दिएको छ’

Nada
२०८१ कार्तिक १० गते १०:५१
Shares
‘सरकारले मधेसको विकासमा उच्च प्राथमिकता दिएको छ’

सिरहाः पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता लिलानाथ श्रेष्ठले वर्तमान सरकारले मधेसको विकासमा उच्च प्राथमिकता दिएको बताएका छन् । सिरहाको नवराजपुरमा एमाले गाउँपालिका कमिटीद्वारा विजयादशमी, शुभ दीपावली, छठपर्व तथा इदपर्वको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले हुलाकी सडक तथा अन्य सडकको कालोपत्र, नाली निर्माण, पालिका भवन निर्माणलगायतका संरचना बनाउन संघीय सरकारले प्राथमिकतामा राखेको छ भने ।  

ncell

उनले भने, ‘तराई मधेस समृद्ध कार्यक्रमअन्तर्गत सुनकोसी कमला डाइभर्सन परियोजना अबको लक्ष्य हो । यसबाट मधेसको हजारौँ बिघा खेतीयोग्य जग्गा सिँचाइ गरी यहाँका किसानको उत्थान हुने हामीले विश्वास लिएका छौँ ।’

मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रत्यक स्थानीय तहमा सुविधासम्पन्न अस्पताल निर्माण गरी गुणस्तरीय स्वास्थ्य सेवामा प्रदेश सरकार अग्रसर रहेको बताए । कार्यक्रममा सांसदहर श्यामशङ्कर यादव, गङ्गाप्रसाद यादव, संविधानसभा सदस्य आशाकुमारी यादव, एमाले मधेस प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल, सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव, सुखीपुर नगरप्रमुख रामअवतार यादव ,भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव, नवराजपुर गाउँपालका अध्यक्ष शिव उदगार यादव, सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवलगायत सिरहाको विकासमा एकजुट हुन आग्रह गरेका थिए । 

सम्बन्धित खबर