२०८२ भदौ २० गते शुक्रवार / Sep 05 , 2025 , Friday
२०८२ भदौ २० गते शुक्रवार
Ads

प्राविधिकसहितको टोलीद्वारा क्षतिग्रस्त ठाउँको अनुगमन

shivam cement
नवीन लामिछाने
२०८१ कार्तिक १० गते १८:५१
प्राविधिकसहितको टोलीद्वारा क्षतिग्रस्त ठाउँको अनुगमन

मनाङ : मनाङमा गत असारमा परेकाे अभिल वर्षका कारण नासाे गाउँपालिका-१ तालगाउँकाे मर्स्याङ्दी नदीकाे तटबन्ध भत्काएर बस्तीमा खाेला पसेकाे थियाे । उक्त ठाउँकाे अवलोकनसँगै तटबन्धनका लागि प्रविधिक टाेलीले निरीक्षण गरेको छ । निरीक्षणका लागि पूर्वश्रम तथा रोजगार राज्यमन्त्री एवम् सांसद टेकबहादुर गुरुङ प्राविधिक टोलीसहित गृहजिल्ला मनाङ पुगेका हुन् ।

सांसद गुरुङले शुक्रबार प्राविधिक टोलीसहित मनाङको तालगाउँ पुगेर मर्स्याङ्दी नदीको बाढीले क्षति पुर्‍याएको क्षेत्रमा निर्माण भएको तार–जाली पर्खालको स्थलगत निरीक्षण गरेका छन् । सो अवसरमा भविष्यमा आउन सक्ने बाढीबाट ताल गाउँलाई कसरी सुरक्षित बनाउन सकिन्छ, त्यसका लागि के-कस्ता पूर्वधारहरुको निर्माण गर्न सकिन्छ भन्नेबारे पनि प्राविधिक टोली, जनप्रतिनिधि र स्थानीयसँग छलफल गरिएकाे थियो । जलवायु परिवर्तनले मनाङ जिल्लामा पारेकाे असर न्यूनीकरण गर्न पहिले नै पूर्वतयरी गर्नुपर्ने सांसद  गुरुङकाे भनाइ छ ।

स्थलगत निरीक्षण र छलफलमा सांसद गुरुङसहित प्रदेश सांसद मुनिन्द्रजंग गुरुङ, जलश्रोत तथा सिँचाइ विभागका सि.डि.ई सुपिन्दै खत्री, इञ्जिनियर सुसन श्रेष्ठ, लेखापाल थमबहादुर थापा, मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मात्रिका अचार्य, सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्याल, प्रहरी प्रमुख डीएसपी एनके सिंह, नासो गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ, वडा नं. १ का अध्यक्ष मीनकाशी गुरुङ, वडा नं. ४ का अध्यक्ष धर्मजंग गुरुङ, वडा नं. ५ का अध्यक्ष थुतेन लामा सहभागी थिए ।

त्यसैगरी बेसीशहर–चामे सडक अन्तर्गत खुदीबाट कोतोसम्म ५० किलोमिटर सडक मर्स्याङ्दी जलविद्युत आयोजनाले शुरु गरेको स्तरोन्नति कार्यको पनि निरीक्षण गरिएकाे छ ।

प्राविधिक टोलीसहित सांसद गुरुङले धारापानी, तिमाङ झरनाको पुलका साथै सदरमुकाम चामे क्षेत्रको स्थलगत निरीक्षण गर्दै दीर्घकालीन समाधानबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise