२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

shivam cement
२०८१ असार ३ गते ११:१४
Shares
६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । करिब ६ किलो सुन र ४८ लाख नगदसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार राति काठमाडौँको कपनबाट उनलाई पक्राउ गरेको हो ।

अनुसन्धानकै क्रममा रहेकोले पक्राउ परेका चिनियाँ नागरिकको विवरण खुलाएको छैन । सिआईबीका अनुसार सुनको परीक्षण पनि बाँकी छ । 

यसै गरी सुन तस्करीमा संलग्न भएको आरोपमा भारतमा २ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरूलाई नेपाल ल्याउने तयारी भइरहेको छ । सीआईबी अनुसार भारतको दिल्लीमा पक्राउ परेका व्यक्ति पनि सुन तस्करी गिरोहका सदस्य हुन् ।

ताजा खबर

सम्बन्धित खबर