२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

ढुवानी मजदुरहरूको आन्दोलनपछि पेट्रोल अभाव, सरकारी पम्पमा सवारी साधनको भिड

ADV
मध्यान्ह
२०८१ असार ३ गते ११:४६
ढुवानी मजदुरहरूको आन्दोलनपछि पेट्रोल अभाव, सरकारी पम्पमा सवारी साधनको भिड

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबारबाट पेट्रोलियम पदार्थको अभाव भएको छ । इन्धन पाइन छाडेपछि काठमाडौं उपत्यकाका पेट्रोल पम्पमा सवारी साधनका लाइन लागेका छन् ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण पेट्रोल पम्पमा पेट्रोलको अभाव भएको छ । सोहीकारण आइतबारबाटै राजधानीका निजी पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री रोकेका छन् ।

नेपाली सेना तथा नेपाल प्रहरीका पेट्रोल पम्पहरुमा इन्धन हाल्ने सवारी साधनको भिड हुँदा निजी पेट्रोल पम्पहरु भने आइतबारदेखि नै बन्द रहेका छन् ।

पेट्रोलिम मजदुरले विभिन्न माग राखी आपूर्ति रोक्दा पम्पहरुसँग बिक्री गर्न पेट्रोल नभएको हो । मजदुरको माग बारे अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल हुन लागेको बताइएको छ ।

मजदुरहरुले सबै ट्यांकर चालक/सहचालक मजदुरको श्रम ऐनअनुसार नियुक्ति पत्र दिइ नेपाल सरकारले तोकअनुसार तलबको व्यवस्था गर्न माग गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise