२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

बयानका लागि रवि लामिछानेलाई सरकारी वकिल कार्यालय लगियो

Nada
२०८१ कार्तिक ११ गते १२:१७
Shares
बयानका लागि रवि लामिछानेलाई सरकारी वकिल कार्यालय लगियो

काठमाडौँ : रवि लामिछानेलाई थप बयानका लागि सरकारी वकिलको कार्यालय कास्की लगिएको छ ।

ncell

रास्वपा सभापति लामिछानेलाई सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ । उनीमाथि प्रहरीले संगठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगी आरोपमा अनुसन्धान गरिरहेको छ । 

कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेको अनुसन्धान म्याद १४ गतेसम्म छ । १५ गतेदेखि तिहार बिदा हुने र अदालत बन्द हुने भएकोले उनलाई २० गते मात्रै अदालतमा पेस गरिनेछ ।
 

सम्बन्धित खबर