२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

चुच्चे नक्सा अंकित १०० दरको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई 

ADV
मध्यान्ह
२०८१ कार्तिक ११ गते १५:१८
चुच्चे नक्सा अंकित १०० दरको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई 

काठमाडौँ : नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । 

नेपाल सरकार मन्त्रिपरिषद्ले गत वैशाखमा नेपाल राष्ट्र बैंकलाई १०० रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने स्वीकृति दिएको थियो ।

७ जेठ २०७७ मा संविधान संशोधन मार्फत नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो ।

१०० रुपैयाँ दरको नेपाली नोटमा नेपालको नक्सा अंकित भएकोले डिजाइन संविधान संशोधनसँगै १०० रुपैयाँ दरको नोटको डिजाइन पनि परिवर्तन गर्नुपर्ने भएको थियो ।

अब डिजाइन परिवर्तन गरी चुच्चे नक्सा अंकित १०० दरको नयाँ नोट छपाइ गरी नेपाल राष्ट्र बैंकलाई डेलिभरी गर्ने जिम्मा चिनियाँ कम्पनीले पाएको हो ।  १०० रुपैयाँ दरको १ एउटा नोट छाप्न ४ रुपैयाँ ०४ पैसा लागत पर्न आउने देखिन्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise