बारा : नेपाली कांग्रेस बारा जिल्ला सचिव राजेश रौनियारले शनिबार राति हत्या गरिएका वृद्धका हत्यारालाई ततकाल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
नेपाल विद्यार्थीसँग बाराले दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो माग गरे ।
महागढीमाई नगरपालिका –१ बस्ने ६० वर्षीय श्रीनारायण यादवको धारिलो हतियार प्रहार गरी विभत्स हत्या भएको थियो ।