२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

जनताका गुनासा र याेजनाकाे अवस्था बुझ्न पूर्वमन्त्री देउवा टाेल-टाेलमा

ADV
सुनिल आउजी
२०८१ कार्तिक १२ गते ११:५३
जनताका गुनासा र याेजनाकाे अवस्था बुझ्न पूर्वमन्त्री देउवा टाेल-टाेलमा

धनगढी : प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री प्रकाश देउवा जनताका गुनासा र विकास निर्माणका याेजनाकाे अनुगमन गर्न अहिले आफ्नाे निर्वाचन क्षेत्रअन्तर्गत टाेल-टाेलमा व्यस्त छन् ।

कैलाली जिल्लाकाे ५ नम्बर निर्वाचन क्षेत्रअन्तर्गतकाे प्रदेश सभा २ बाट निर्वाचित पूर्वमन्त्री देउवा पार्टीका केही नेतासहित टाेल-टाेलमा भेटघाट र याेजना अनुगमन गरिरहेका छ्न् । यसअघि नेपाली कांग्रेस नेतृत्वकाे सुदूरपश्चिम प्रदेश सरकारमा भाैतिक पूर्वाधार विकास मन्त्री भएका देउवा दशैंलगत्तै टाेल भ्रमणमा निस्किएका हुन् । उनी जनताका माग, समस्या र याेजना कार्यान्वयनमा देखिएका समस्याबारे घरदैलाेमा गएरै छलफल गरिरहेका छन् ।

उनकाे निर्वाचन क्षेत्रमा धनगढी उपमहानगरपालिकाका वडा नम्बर १ देखि ६, ११ र १३ नम्बर वडा पर्दछन् । पूर्वमन्त्री देउवाले भने, 'जनतासँग प्रत्येक्ष भेटेर शुभकामना आदान प्रदानसँगै विकास निर्माणबारे जानकारी र जनताका गुनासा सुन्न टाेल टाेलमा भेटघाट गरिरहेकाे छु ।' पूर्वमन्त्री देउवाले प्रदेश सरकारले केही पनि गरेन भनेर चलिरहेकाे हल्ला चिर्न पनि जनताकाे घरदैलाेमा गएर प्रदेश सरकारले गरिरहेकाे काम र प्रदेश संरचनाकाे महत्वबारे जनतालाई बुझाउनुपर्ने देखिएकाे बताए ।

उनी केही दिनयता बिहान ८ बजेदेखि बेलुका अबेरसम्म टाेल भेटघाटमा हिँडिरहेका छन् । निर्वाचन जितिसकेपछि अर्काे निर्वाचन नआउन्जेल नेताहरु जनतासँग भेटघाट नगर्ने परम्परालाई पनि पूर्वमन्त्री देउवाले हटाएकाे धनगढी १३ का रामलाल रानाले बताए । उनले भने, 'अरु नेताकाे त त्यति थाह छैन, प्रकाश देउवा भने पटक-पटक घरभेटमा आइरहेका छन् ।' उनले घरभेटमा आएका बेला दिएका सुझावहरु पनि कार्यान्वयन गर्ने गरेकाे रानाले बताए ।

पूर्वमन्त्री देउवासँगै टाेल भ्रमणमा सहभागी नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले नेताहरु घरदैलाेमा जाँदा जनतामा देखिएका धेरै भ्रम हट्ने बताए । उनले भने, 'जनताकाे चाहना नेताहरु घरदैलाेमा आएर आफ्ना समस्या सुनुन् भन्ने छ, अहिले पूर्वमन्त्री देउवाले त्यही गरिराख्नुभएकाे छ ।' सचिव सुनारले तिहारसम्म सबै वडाका सबै टाेल घुमेर सकिने बताए । उनले जनताका नेताप्रति केही आक्राेश भएपनि घर घरमा जाँदा स्वागत गर्ने गरेकाे बताए ।

भाैतिक मन्त्री हुँदा आफ्नाे निर्वाचन क्षेत्रमा १९ वटा सडकमा बजेट विनियाेजन गरेका देउवाले यस पटककाे बजेटमा पनि धेरै सडकसँगै अन्य विकासे याेजनाहरुमा ठूलाे रकम छुट्याउन सफल भएका छन् । उनले विकासलाई नै प्राथमिकतामा राखेर अघि बढेकाले उनीप्रति युवाकाे आकर्षण र समर्थन बढेकाे छ ।

ADVADV

सम्बन्धित खबर

Advertise