२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

रवि लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न रास्वपाको माग

ADV
मध्यान्ह
२०८१ कार्तिक १२ गते १४:५४
रवि लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न रास्वपाको माग

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गर्न माग गरेको छ ।

सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा रास्वापाकी सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकलाई यस्तो आग्रह गरेकी हुन् ।

‘गृहमन्त्रीज्यूलाई विशेष अनुरोध गर्न चाहन्छु, थुनाबाहिर राखेर अनुसन्धान गर्न सकिन्छ कि भन्ने सोच्नुहुन अनुरोध गर्न चाहन्छु’, उनले भनिन् ।

रवि लामिछाने चुनावमा १२ लाख जनताले पत्याएको र संसदको चौथो पार्टीको सभापति भएको बताइन् । यसकारण लामिछानेप्रति विश्वास हुनेहरूले उनको पक्राउको विरोधमा प्रदर्शन गर्नु स्वभाविक हुने कार्कीको भनाइ छ ।

 

ADVADV

सम्बन्धित खबर

Advertise