२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

सरकार र पेट्रोलियम ट्यांकर चालक संघबीच सहमति, इन्धन आपूर्ति शुरु

ADV
मध्यान्ह
२०८१ असार ३ गते १५:०५
सरकार र पेट्रोलियम ट्यांकर चालक संघबीच सहमति, इन्धन आपूर्ति शुरु

काठमाडौं : सरकार र आन्दोलनरत नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच सहमति भएको छ । 

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा ट्यांकर चालकले राखेको मागबारे अध्ययन गर्न समिति गठन गर्ने सहमति भएसँगै संघले आन्दोलन फिर्ता लिएको छ ।

समितिले १५ दिनमा अध्ययन प्रतिवेदन पेस गर्नुपर्ने छ । निगमको नायब कार्यकारी निर्देशकको संयोजनमा बन्ने समितिले बुझाएको प्रतिवेदनका आधारमा निगमले समस्या समाधान गर्ने सहमति भएको हो । यस सहमतिसँगै तेल आपूर्ति पनि शुरु भएको छ ।

संघको आन्दोलनका कारण पेट्रोल पम्पमा पेट्रोलको अभाव भएको थियो । सोहीकारण आइतबारबाटै राजधानीका निजी पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री रोकेका थिए । पेट्रोलियम पदार्थको अभावपछि काठमाडौं उपत्यकामा रहेका नेपाली सेना र नेपाल प्रहरीका पेट्रोल पम्पमा सवारी साधनका लाइन लागेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise