२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

मिनबहादुर गुरुङले एमालेलाई दिएको जग्गामा कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश

Nada
२०८१ कार्तिक १२ गते १७:५०
Shares
मिनबहादुर गुरुङले एमालेलाई दिएको जग्गामा कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ : सर्वोच्च अदालतले एमालेले व्यापारी मिनबहादुर गुरुङबाट दान लिएको जग्गामा कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

ncell

ज्ञानबहादुर बस्नेत र श्यामकृष्ण मास्केले दायर गरेको रिटमा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सोमबार सुनुवाइ गर्दै तत्काल कुनै संरचना नबनाउन अल्पकालीन आदेश दिएको हो ।

राज्यका निकायहरूबाट विभिन्न मुद्दामा दोषी ठहर भएका गुरुङसँग सत्तारुढ दलले जग्गा लिएकोमा विरोध भइरहेको छ । एमालेले सहयोग लिन कुनै बाधा नपर्ने भन्दै गुरुङकै बचाउ गरिरहेको छ ।

एमालेले बल्खुको मित्रनगरमा व्यापारी गुरुङबाट जग्गा लिएको थियो । उक्त जग्गामा एमालेको पार्टी कार्यालय बनाउने भन्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र व्यापारी गुरुङले भवन शिलान्यास समेत गरेका थिए ।

सम्बन्धित खबर