२०८१ मंसिर १६ गते आइतवार / Dec 01 , 2024 , Sunday
२०८१ मंसिर १६ गते आइतवार

तनहुँको आँबुखैरेनीबाट सयपत्री फूल कतार भित्रिँदै

ADV
तिलु शर्मा पौडेल
२०८१ कार्तिक १२ गते २१:१२
तनहुँको आँबुखैरेनीबाट सयपत्री फूल कतार भित्रिँदै

दोहा कतार : फूलै–फूलको पर्व अर्थात् नेपालीहरूको महान् दोस्रो ठूलो रङ्गिन पर्व तिहारले गाउँ, सहर र विदेशमा बस्ने नेपालीहरूलाई छपक्क छोपिसकेको छ ।

नेपालमा व्यावसायिक रूपमा फूल खेती गर्दै आएका किसानलाई फूल टिप्न भ्याई÷नभ्याई छ भने कतिपय फूलका मालाहरू विदेश निर्यात हुन तयारी अवस्थामा रहेका छन् ।

वैदेशिक रोजगारी तथा व्यवसायका लागी कतार पुगेका नेपालीहरूलाई लक्षित गर्दै अल नहरिन ट्रेडिङ कम्पनी मार्फत मखमली र सयपत्री फूल कतार बासी नेपाली समक्ष पुर्‍याउने तयारीलाई अन्तिम चरणमा पुर्‍याएका छन् ।

विदेशमा पनि फूलको बजार र आम्दानीको सम्भावना प्रशस्तै भएको र नेपाल बाहिरको मिनी नेपालमा बस्ने नेपालीलाई लक्षित गर्दै स्वदेशी उत्पादनलाई विदेशी बजारमा पुर्‍याउन तनहुँको आँबुखैरेनी गाउँपालिकामार्फत खरिद गरी कतारको बजारमा ल्याउन लागिएको हो । 

दोहाको रैयानमा रहेको अल नहरिन सुपर मार्केटले सयपत्री फूलको बिक्री गर्नेछ भने आवश्यकता हेरेर सशुल्क होम डेलिभरी पनि तयारी बिक्रेताले गरेका छन् । फूलको साइजअनुसार १ मिटरको मालाको बजार मूल्य २० देखि २५ रियाल कायम गरिएको छ ।

तिहारलाई मात्र लक्षित नभएर अन्य समयमा समेत नेपाली फूललाई निरन्तरता दिने उनीहरूको योजना छ । कतारमा हुने विभिन्न कार्यक्रममा समेत फूलको प्रयोग गर्ने हो भने नेपालमा उत्पादन भएका फूल र फूल खेती किसानलाई टेवा पुग्ने विश्वास व्यवसायीले लिएका छन् ।

मालाको लागि कविता खत्री ३०८६३३१०, अम्बिका पौडेल ३०९४३४४९२ र केशव कार्की ५५८२६५७७ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise