२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

अध्यक्ष सापकोटाको अभिव्यक्तिप्रति एनआरएनए बेल्जियमको आपत्ति 

ADV
मध्यान्ह
२०८१ कार्तिक १३ गते ११:२६
अध्यक्ष सापकोटाको अभिव्यक्तिप्रति एनआरएनए बेल्जियमको आपत्ति 

काठमाडौँ : गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अध्यक्ष सीता सापकोटाको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । प्रवासी नेपाली मञ्च बेल्जियमको कार्यक्रममा सापकोटाले दिएको अभिव्यक्तिप्रति गैरआवासीय नेपाली संघ बेल्जियमले आपत्ति जनाएको हो । 

आइतबार अर्थात् १८ अक्टोबर २०२४ मा भएको प्रवासी नेपाली मञ्च बेल्जियमको कार्यक्रममा सापकोटाले संघको तर्फबाट सम्बोधन गर्दा कार्यसमितिका सदस्य तथा पधाधिकारीलाई 'भेडाबाख्रा'को संज्ञा दिएकी थिइन् ।  उनको उक्त अभिव्यक्तिले सिंगो संस्थाको गरिमा र प्रतिष्ठामाथि आँच पुगेको संघकी महासचिव रुविना शर्माद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ । 

बिज्ञप्तिमा भनिएको छ,'सापकोटाले संघको तर्फबाट सम्बोधन गर्दा कार्यसमितिका सम्पूर्ण ३८ जना पदाधिकारी तथा सदस्यहरूलाई 'भेडाबाख्रा'को संज्ञा दिनु लज्जास्पद अभिव्यक्ति हो । सापकोटाको उक्त भनाइले गैरआवासीय नेपाली संघ बेल्जियमको सिंगो कार्यसमितिको अपमान भएको छ ।' सापकोटाको अभिव्यक्तिले नेपाली समुदायमा पर्न गएको चोटप्रति संघले क्षमा याचना गरेको छ । 

बिज्ञप्ति हेर्नुहोस :

ADVADV

सम्बन्धित खबर

Advertise