काठमाडौँ : पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन तय गरेको छ । सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ ।
पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा रास्वपाले बालुवाटारमा तय गरेको प्रदर्शनको सुरुवातमै प्रहरीले हस्तक्षेप गरेको छ । १२ बजे तय भएको प्रदर्शनअघि नै बालुवाटार पुगेका १५ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम राखेको थियो । सो कार्यक्रमका लागि बालुवाटारस्थित नेपाल हाउसमा नेता कार्यकर्ताहरु भेला भएका थिए ।