काठमाडौंः मुद्दा जिताइ दिन्छु भनि ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका–१८ भैंसेपाटी बस्ने ४५ वर्षीय रबिन्द्र महर्जनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट २०८१ कात्तिक ६ गते पक्राउ अनुमति जारी भइ फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं बुद्धनगरबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा महर्जनले काठमाडौं–निजगढ (फास्टट्रयाक) द्रुत मार्ग टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णय उपर उच्च अदालतमा बिचाराधिन रहेको मुद्दा जिताइ दिन्छु भन्दै रकम माग गरेको र रकम नदिएमा मुद्दा हराइ दिने धम्की समेत दिइ नगद एक करोड २८ लाख रूपैयाँ ठगी गरी फरार रहेको खुल्न आएको छ ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।