२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

मानव अधिकार आयोग तिहार र छठ बिदामा पनि खुला रहने

Nada
२०८१ कार्तिक १३ गते १६:३६
Shares
मानव अधिकार आयोग तिहार र छठ बिदामा पनि खुला रहने

काठमाडौँ : तिहार र छठ पर्वको बिदामा पनि राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरू खुला रहने भएको छ ।

ncell

आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

बिदामा कार्यालय खुला हुँदा आयोगले मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाहरूमा आकस्मिक अनुगमन समेत गर्ने बताइएको छ ।

आयोगको ललितपुर पुल्चोकस्थित केन्द्रीय कार्यालय, सातवटा प्रदेश कार्यालय र खोटाङ र नेपालगञ्जमा रहेका प्रदेशका शाखा कार्यालय तिहार र छठ बिदाका बेलामा खुल्नेछन् ।

सम्बन्धित खबर