२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

गृह मन्त्रालय र आन्दोलनरत रुबी खान समूहबीच तीन बुँदे सहमति

ADV
मध्यान्ह
२०८१ कार्तिक १३ गते १७:२४
गृह मन्त्रालय र आन्दोलनरत रुबी खान समूहबीच तीन बुँदे सहमति

काठमाडौँ : नेपालगञ्जबाट बेपत्ता भएकी निर्मला कुर्मीको न्याय माग्दै प्रदर्शनरत रुबी खानसहितको समूहसँग गृह मन्त्रालयले तीन बुँदे सहमति गरेको छ ।

बेपत्ता कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीको विषयलाई लिएर गत साउन २५ गतेदेखि खानसहितको समूहले आन्दोलन गर्दै आएको थियो । 

गृह मन्त्रालयका अनुसार खानको नेतृत्वमा भइरहेको आन्दोलनमा सहभागी महिलाहरूलाई बोलाएर मन्त्रालयमा छलफल गरिएको हो ।

खानको नेतृत्वमा डेढ महिनादेखि नेपालगञ्जका महिलाहरूले कुर्मीको न्याय माग्दै आन्दोलन गरिरहेका थिए । सरकारले खानसँग यसअघि नै चार पटक सहमतिसमेत गरिसकेको थियो । पाँचौँ पटक उनी कुर्मी बेपत्ता प्रकरणको अदालतसम्म पुर्‍याइदिन माग गर्दै प्रदर्शनमा उत्रिएकी थिइन् ।

सहमतिसँगै खानको जारी आन्दोलन स्थगित भएको छ । सहमतिअनुसार खानसँग यसअघि भएको सहमति कार्यान्वयनका सन्दर्भमा जिल्ला प्रहरी कार्यालय बाँकेलाई लेखि पठाउने, आन्दोलनरत पक्ष र उनीहरूको सुरक्षा व्यवस्था मिलाउने जस्ता विषय समेटिएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise