२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

डीआईजी राणा र ह्योजु एआईजीमा बढुवा

Nada
२०८१ कार्तिक १३ गते २०:५४
Shares
डीआईजी राणा र ह्योजु एआईजीमा बढुवा

काठमाडौं : सरकारले प्रहरी नायव महानिरीक्षक (डीआईजी) किरण राणालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

ncell

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी राणालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा पदमा बढुवा गरी प्रदेश समन्वय विभाग नक्शालमा पदस्थापन गरेको सरकारका प्रवक्ता गुरुङले बताए ।

यस्तै बैठकले डीआईजी डा. सुन्दरप्रसाद ह्योजु (प्राविधिकतर्फ) लाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।

गत आइतबार बसेको बढुवा समितिको बैठकले उनीहरूको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित खबर