२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

राष्ट्रपति पौडेल कात्तिक २५ गते अजरबैजान जाने

Nada
२०८१ कार्तिक १३ गते २०:५८
Shares
राष्ट्रपति पौडेल कात्तिक २५ गते अजरबैजान जाने

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल ५ दिने भ्रमणका लागि २५ कात्तिकमा अजरबैजानको बाकु जाने भएका छन् ।

ncell

अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्षधर राष्ट्रहरूको २९औं सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल त्यसतर्फ जाने भएका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको अजरबैजान भ्रमण स्वीकृत गरेको छ । उनी ३० कात्तिकमा स्वदेश फर्किनेछन् ।

सम्बन्धित खबर