२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

गोपाल नीना फाउण्डेसनबाट आइसीपी परिसरमा वृक्षारोपण

Nada
२०८१ कार्तिक १३ गते २१:४७
Shares
गोपाल नीना फाउण्डेसनबाट आइसीपी परिसरमा वृक्षारोपण

नेपालगञ्ज : गोपाल–नीना फाउण्डेशन, नेपालगञ्जद्वारा‘बृहत् वृक्षारोपण कार्यक्रम’को आयोजना गरिएको छ । ‘पर्यावरणका लागि वृक्षारोपण’ नाराका साथ एकीकृत जाँच चौकी नेपालगञ्ज भन्सार कार्यालय (आइसीपी) परिसरभित्र मंगलवार वृक्षारोण गरिएको हो । 

ncell

उक्त अवसरमा सत्तीवन, जामुन, निम, सितलचिनी, पारिजात, गुलमोर, अमल, अजुन, वीरेन्द्र फुल र कल्कीसहित करिब २ सय ५० विरुवा लगाइएको गोपाल–नीना फाउण्डेशन, नेपालगन्जका सहनिर्देशक डा. तृप्ती पाल रमणले जानकारी दिइन् । 

सो अवसरमा गोपाल–नीना फाउण्डेशनका अभिभावक सुप्रसिद्ध फिजीसियन डा. गोपाल प्रसाद श्रेष्ठ, गोपाल–नीना फाउण्डेशनका संस्थापक अध्यक्ष वरिष्ठ चिकित्सक डा.गौरव श्रेष्ठ, एकीकृत जाँच चौकी नेपालगञ्ज भन्सार कार्यालय (आइसीपी) का प्रमुख करुणा चौधरी, सशस्त्र प्रहरी आइसिपि गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदीप बुढाथोकी, वरिष्ठ पत्रकार पूर्णलाल चुके, फाउण्डेशनका कार्यालय प्रमुख दिलीप गिरि, कर्मचारीहरु तथा स्थानीय बासिन्दाहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

लगाइएका वृृक्षहरुको संरक्षण, रेखदेख, मलजल गर्ने जिम्मेवारी एकीकृत जाँच चौकी नेपालगञ्ज भन्सार कार्यालय, सशस्त्र प्रहरी आइसीपी गुल्म र फाउण्डेसनले लिएको फाउण्डेशनका कार्यालय प्रमुख दिलीप गिरिले जानकारी दिए । 

सम्बन्धित खबर