२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

एनआरएनएको साधारण सभा कति सफल, कति असफल ?

Nada
२०८१ कार्तिक १४ गते ०६:४५
Shares
एनआरएनएको साधारण सभा कति सफल, कति असफल ?

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)को ग्लोबल कन्क्लेभ तथा वार्षिक साधरणसभा सम्पन्न भएको छ । 

ncell

‘रूपान्तरण र एकता : सम्मानजनक श्रम, लगानी र नागरिकताको निरन्तरता’ भन्ने नारासहित शुरू भएको साधारण सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । ६ जना मन्त्रीको उपस्थिति र सम्बोधनसँगै ११औं महाधिवेशन सम्पन्न भएको हो । 

वार्षिक साधारण सभामार्फत सरोकारवालाहरूले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनमा जोड दिएका छन् । 

कार्यक्रममा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सहभागी भएर सम्बोधन गरे । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री प्रसाद पाण्डेले पनि सम्बोधन गरे । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एनआरएनएमाथि कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाए । ग्लोबल कन्क्लेभको निष्कर्षको पहिलो बुँदामा गैरआवासीय नेपाली नागरिकता अपूर्ण रहेको ठहर गर्दै वंशजको नागरिकताको निरन्तरता हुनुपर्ने माग गरिएको छ । 

संघले नागरिकता ऐन २०६३ र नागरिकता नियमावली २०६३ संशोधनपछि पनि गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन नभएको बताएको छ । यसकारण गैरआवासीय नेपालीहरूमा निराशा थपिएको उल्लेख गरिएको छ । नेपालमा सम्पत्ति विशेषतः पैतृक सम्पत्ति प्राप्त तथा खरिद गर्न मालपोत कार्यालयहरूमा आवश्यक परिपत्र जारी गरी जग्गाधनी प्रमाणपत्रमा गैरआवासीय नेपाली नागरिकताको विवरण समावेश गर्न माग गरिएको छ । 

उनीहरूले प्रकारान्तमा नेपाली नागरिकसरहको अधिकार भएको नागरिकतामा जोड दिएका त होइनन् भनि शंका उठाएको कतिपयले बताएका छन् । 

नागरकिताबारे उठेका शंका समय क्रममा समाधान हुनेछन् । तत्कालका लागि संघका अध्यक्ष डा. बद्री केसीले आफ्ना विरोधीहरूलाई रक्षात्मक बनाएका छन् । प्रधानमन्त्री र ६ जना मन्त्रीसहित दर्जनौं उच्च सरकारी सरकारी र संस्थापक अध्यक्ष उपेन्द्र महतोलाई साधारण सभामा उपस्थिति गराउनु धेरैले अध्यक्ष केसी र उनी नेतृत्वको कार्यसमितिको सफलता ठानेका छन् ।  

संघको ग्लोबल कन्क्लेभ तथा साधरण सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले बारम्बार सरकारी हस्तक्षेपले सिर्जना भएको भनेर सरकारप्रति मात्रै नभएर खाडीमा नेपाली कामदारको श्रम शोषण गर्नेहरू आफूमाथि ढुंगा हान्न आएको तर आफू नझुकेको बताए । केसीले चुनौती दिए ‘सिआईबी लगाएर धरपकड गरियो । तर अनुसन्धान रिपोर्ट अहिलेसम्म सार्वजनिक गरिएन, अध्ययन रिपोर्टमा के देखियो सार्वजनिक गरियोस् ।’

सम्बन्धित खबर