२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

विदेशमा रहेका नेपालीहरुको समस्या समाधानमा एनआरएनए सधैं सक्रिय : उपाध्यक्ष डा. शर्मा

ADV
मध्यान्ह
२०८१ कार्तिक १४ गते १३:००
विदेशमा रहेका नेपालीहरुको समस्या समाधानमा एनआरएनए सधैं सक्रिय : उपाध्यक्ष डा. शर्मा

यूएई : गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष डा. हेमराज शर्माले विदेशमा रहेका नेपालीहरूको आर्थिक, सामाजिक र सांस्कृतिक समस्याहरूको समाधानमा संघको सक्रियता अझै बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यूएईस्थित नेपाली समुदायका सदस्यहरूसँग दुबईमा मंगलबार भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष डा. शर्माले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।डा. शर्मा संघको स्थापना दिवसको औपचारिक कार्यक्रम सम्पन्न गरी काठमाडौंबाट दुबई पुगेका हुन् ।

एनआरएनएको स्थापनादेखि हालसम्म संघले गरेका विविध कार्यहरूको चर्चा गर्दै उनले भने, 'एनआरएनए हाम्रो साझा संस्था हो र यसले विदेशमा रहेका नेपालीहरूको हक, हित र अवसरलाई प्रवर्द्धन गर्न सधैं क्रियाशील छ ।'

डा. शर्माले गैरआवासीय नेपालीहरूलाई आफ्नो योगदान र अनुभवको माध्यमबाट संघलाई सहयोग गर्न आह्वान गरे । उनले विदेशमा रहेका नेपालीहरूको एकता र योगदानले मातृभूमिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । साथै उनले भविष्यमा यस्ता अन्तरक्रियाहरूलाई निरन्तरता दिनुपर्ने बताए ।

उनले नेपाल र विदेशमा रहेका नेपाली समुदायलाई एक आपसमा जोड्न एनआरएनएले पुलको रूपमा कार्य गरेको उल्लेख गर्दै भने, 'यसलाई अझ सशक्त बनाउन सबैको सहभागिता र सहयोग आवश्यक छ ।'

यूएईको प्रमुख व्यावसायिक शहर दुबईमा आयोजित उक्त कार्यक्रममा एनआरएनए यूएईका अध्यक्ष विकास शाही तथा संघका सचिव मनोज श्रेष्ठले डा. शर्मालाई स्वागत गर्दै सम्मान प्रकट गरेका थिए । सो अवसरमा गैरआवासीय नेपालीहरूको मुद्दा र वर्तमान अवस्थामा संघको भूमिकाबारे छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागी भएका एनआरएनएका अन्य पदाधिकारी र सदस्यहरूले पनि आ–आफ्ना धारणा व्यक्त गरेका थिए । आईसीसी सदस्य पुस्कर सापकोटाले संघले दीर्घकालीन विकास योजनाहरू अघि सार्नुपर्ने आवश्यकता औंल्याए ।

एनआरएनए यूएईका अध्यक्ष विकास शाहीले गैरआवासीय नेपालीहरूको भलाइ र सशक्तिकरणका निम्ति एनआरएनए यूएईले अन्य शाखाहरू र मातृसंस्थासँग सहकार्य गरिरहने वाचा गरे ।

कार्यक्रममा स्वागत मन्तव्य राखेका एनआरएनए यूएईका पूर्वअध्यक्ष ठाकुर प्रसाद ढुंगानाले संघभित्र एकताको विकल्प नरहेको बताउँदै सकेसम्म छिटो टुंग्याउनेपर्नेमा जोड दिए । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले संस्थाभित्र सहमति, सहकार्य र एकताको आवश्यकता रहेको बताएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise