२०८२ असार २५ गते बुधवार / Jul 09 , 2025 , Wednesday
२०८२ असार २५ गते बुधवार
Ads

हराएका २५ वटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण

shivam cement
मध्यान्ह
२०८१ कार्तिक १४ गते १७:०५
हराएका २५ वटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौंः विभिन्न मितिमा हराएका २५ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले १७ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा सातदोबाटो, पुल्चोक, मंगलबजार, टिकाथली, जगाती, ठिमी, ढल्को, बौद्ध, माकलबारी, एयरपोर्ट, तिनपिप्ले, महाराजगञ्ज, बलम्बु, गोकर्णेश्वर, मुलपानी, बालाजु र महादेबटार लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।

ADV

सम्बन्धित खबर

Advertise