२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’

ADV
मध्यान्ह
२०८१ असार ३ गते १८:०३
कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’

काठमाडौं : कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’कार्यक्रमको दोश्रो चरण आयोजना हुने भएको छ । ‘सक्षम’ नेपालभरका महिला उद्यमीहरूलाई सशक्तिकरण गर्नका लागि ८ मार्च, २०२२ मा एटेलियर प्लेटफर्मको सहकार्यमा कोका–कोला नेपालले शुरु गरेको थियो । हालसम्म सक्षमद्वारा २ हजार भन्दा बढी महिलाहरुले सशक्तिकरण तथा उद्यमशीलताको तालिम प्राप्त गरिसकेका छन् ।

‘सक्षम’कार्यक्रमको बारेमा बोल्दै कोका–कोला नेपालका निर्देशक चन्द्रिका कालियाले भने,‘हामी नेपालमा महिला उद्यमीहरूलाई थप सशक्त बनाउँदै हाम्रो सक्षम कार्यक्रमको दोस्रो चरणको यात्रा जारी राख्न पाउँदा अत्यन्त हर्षित छौँ । हामी नवप्रवर्तन, दिगोपन र समावेशीतालाई प्रवर्धन गर्नेे अवसरहरू सिर्जना गर्नु पर्नेमा विश्वास गर्छौं । सक्षममार्फत हामीले नयाँ उद्यमीहरूलाई सहयोग गर्ने मात्र नभई देशको आर्थिक र सामाजिक विकासमा पनि योगदान पुर्‍याउने लक्ष्य राखेका छौं । सक्षमकार्यक्रममा सहभागी महिलाहरूले उनीहरूको समुदायमा पारेका प्रभावर उद्योगम ाल्याएको परिवर्तन देख्न पाउँदा हामी निकै उत्साहित छौं ।’

२०२४ मा बृहत समीक्षाद्वारा छनोट गरेपछि मे ३१, २०२४ मा सुरु गरिएको सक्षम कार्यक्रममा विशेषज्ञहरुद्वारा महिला नेतृत्व, कम्पनी वैधता, वित्तपहुँच, र सर्कुलर अर्थतन्त्र जस्ता विभिन्नसत्रहरू संचालनगरिएको थियो । दुई–महिने कार्यक्रममा लैंगिकअधिकार, नेतृत्व, जलवायु परिवर्तन, कानुनी प्रक्रिया, मार्केटिङ, र वित्तलगायत विभिन्न विषयकासत्रहरू समावेश थिए ।

उक्त कार्यक्रममा कृषि, हाइड्रोपोनिक्स, मानसिक स्वास्थ्य, सांस्कृतिक सम्पदाप्रवद्र्घन, प्रविधि र अन्यविषयको प्रतिनिधित्व गर्ने ४० भन्दा बढी महिलाहरुले आवेदन दिएका थिए । 

आवेदक ४० मध्येबाट १० उत्कृष्ट महिलाहरुलाई कार्यक्रममा समावेश गरिएको छ । २०२४ को सक्षम कार्यक्रमकालागि छनोट भएका सहभागीहरुमा अर्चना श्रेष्ठ, ईन्दु श्रेष्ठ, लुभिनाशाक्य, प्रतिमा बस्याल, रचना पौडेल, रोजिमहर्जन, सविना चौधरी, सुस्मितापौडेल, श्रेया मल्ल, र श्रेया चोच्छे रहेका छन् । 

२०२२ मा सुरु भएको सक्षमको कार्यक्रमको मूख्य उद्देश्य महिलाहरुमा उद्यमशीलताको विकास गर्नु रहेको छ । यो कार्यक्रमले नेपालीमहिलाहरुले संचालन गरेका साना तथा मझौला उद्योगहरुको क्षमता विकास गर्ने कामगरिरहेको छ । २०२३ सम्ममा यो कार्यक्रमले वृहत संजालको विकास गर्दै २ हजार भन्दा बढी महिलाहरुको क्षमता विकासमाकाम गरेको छ । यस वर्ष सक्षम कार्यक्रमको तेश्रो सशक्तिकरर्णलाई नेपालभर जारी राख्दै थप १ हजार महिलाहरूलाई कोका–कोलाको संजालमा जोड्ने तयारी भइरहेको छ । कोका–कोलाले बोटलर्स नेपालको सहकार्यमा महिला खुद्राबिक्रेता र साना रेस्टुरेन्ट व्यवासयहरूलाई वित्तीय साक्षरता, आतिथ्यता र सरसफाइ व्यवस्थापन सम्बन्धी तालिम मार्फत सहयोग गर्नेकार्य जारी राखेको छ।

ADVADV

सम्बन्धित खबर

Advertise