२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

नेपाल चेम्बर रोजगारदाता परिषद्को सह-संयोजकमा मोहन कटुवाल मनोनीत

Nada
२०८१ असार ३ गते २०:०४
Shares
नेपाल चेम्बर रोजगारदाता परिषद्को सह-संयोजकमा मोहन कटुवाल मनोनीत

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सको रोजगारदाता परिषद्को सह-संयोजकमा व्यवसायी मोहन कटुवाल मनोनीत भएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले कटुवाललाई रोजगारदाता परिषदको सह-संयोजकमा मनोनीत गरेका हुन् ।

ncell

अध्यक्ष अग्रवालले कटुवालालई मनोनयन पत्र हस्तान्तरण गर्दै चेम्बरको अभियानमा महत्वपूर्ण भूमिकासहितको सहयोग सद्भाव र सुझाव प्राप्त हुने विश्वास राख्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।

मनोनय पत्र ग्रहणपछि कटुवालले हाल देशमा आर्थिक मन्दीका कारण संकटमा परेका उद्योगी व्यवसायीहरुको हित हुने गरी सहज औद्योगिक वातावरण निर्माण गर्न, असल श्रम सम्बन्ध स्थापित गर्न, रोजगारी सिर्जना गर्न रोजगारदाता परिषद्मा रहेर सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

कटुवाल ग्रील तथा स्टील व्यवसायी महासंघका निवर्तमान अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघका बस्तुगत उपाध्यक्ष एवम् सिटिइभिटीमा सेक्ट स्किल कमिटीका सदस्य समेत हुन् ।

ताजा खबर

सम्बन्धित खबर