२०८१ माघ १० गते बिहिवार / Jan 23 , 2025 , Thursday
२०८१ माघ १० गते बिहिवार
Ads

उदयपुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

hardik ivf
बिन्द्र राई
२०८१ कार्तिक १७ गते ०७:५८
उदयपुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उदयपुर : उदयपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उदयपुरको चौदण्डिगढी नगरपालिकामा शुक्रबार सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मदन भण्डारी राजमार्ग अन्तर्गत बेल्टार बजार नजिकै रहेको द्वार खोला पुल नजिकको मोडमा भएको दुर्घटनामा चौदण्डिगढी नगरपालिका-२ का तिलक राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बेल्टारबाट गाईघाटतर्फ जाँदै गरेको मोटरसाइकललाई काठमाडौंबाट पूर्वतर्फ आउँदै गरेको कारले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक राईको शव नगर अस्पताल बेल्टारमा राखिएको छ । दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise