२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त

ADV
मध्यान्ह
२०८१ असार ३ गते २०:२६
विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त

काठमाडौं : विश्व बैंकले डेभिड सिस्लेनलाई नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । डेभिडले काठमाडौंस्थित विश्व बैंकको उपक्षेत्रीय कार्यालय मार्फत माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नेछन् । अमेरिकी नागरिक डेभिड यसअघि ल्याटिन अमेरिका र क्यारिबियन मुलुकका लागि विश्व बैंकका तर्फबाट सहरी व्यवस्थापन र विपद् जोखिम न्यूनीकरणसम्बन्धी व्यवस्थापकका रुपमा कार्यरत थिए । उनीसँग विश्व बैंकमा रहेर युरोप, ल्याटिन अमेरिका, अफ्रिका, पूर्वी एसिया र एसिया प्रशान्त क्षेत्रमा पूर्वाधार, सहरी विकास तथा प्रकोप जोखिम व्यवस्थापनसम्बन्धी प्रबन्धक भएर काम गरेको अनुभव छ । 

डेभिड अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय र म्याकलेस्टर कलेजबाट अर्थशास्त्र र भूगोलमा स्नातकोत्तर हुन् । नवनियुक्त निर्देशक डेभिडले नेपाल, माल्दिभ्स र श्रीलंकामा सञ्चालित कार्यक्रमको संयोजन गर्नेछन ।  विश्व बैंकले हाल नेपालमा २० सञ्चालनमा रहेका र ३ पाइप लाइनका गरी २३ परियोजनामा लगानी गरेको छ । निवर्तमान निर्देशक फारिस हदाद जर्भोसको कार्यकाल सकिएसँगै विश्व बैंकले डेभिडलाई नयाँ निर्देशकका रुपमा नेपाल पठाएको हो । अर्थ मन्त्रालयले औपचारिक कार्यक्रममार्फत् फारिसको बिदाइ र डेभिडको स्वागत गरेको छ । 

अर्थमन्त्री वर्षमान पुनले आइतबार साँझ आयोजित कार्यक्रममा एकैसाथ उनीहरुको स्वागत र बिदाइ गरे । देशीय निर्देशकसँगै विश्व बैंकले नेपालका लागि राष्ट्रिय प्रबन्धक पनि परिवर्तन गरेको छ र लाडा स्ट्रेलकोवा  कार्यकाल सकाएर फर्कन लागेकी छन् भने उनको ठाउँमा प्रीति अरोरा आएकी छन । कार्यक्रममा मुख्यसचिव बैकुण्ठ अर्याल, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन मार्टिन रेजर सहभागी थिए । 

कार्यक्रममा मन्त्री पुनले नयाँ निर्देशक डेभिडको कार्यकाल सुखद रहने विश्वास व्यक्त गरे। फारिसको कार्यकालमा शुरु भएका प्रयासको निरन्तरता र थप सहकार्यका लागि डेभिडको कार्यकाल सफल हुने विश्वास मन्त्री पुनको थियो । अमेरिकी नागरिक फारिस २०७३ असारमा बैंकको नेपाल निर्देशकका रुपमा आएका थिए । त्यसअघि फारिस नेपालका लागि विश्व बैंकका राष्ट्रिय प्रबन्धक थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise