२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

लिफ्ट र एस्केलेटर ब्रान्ड कोनेले नेपालमा मनायो २५औं वार्षिकोत्सव

ADV
मध्यान्ह
२०८१ असार ३ गते २०:२८
लिफ्ट र एस्केलेटर ब्रान्ड कोनेले नेपालमा मनायो २५औं वार्षिकोत्सव

काठमाडौं : कोनेले (लिफ्ट र एस्केलेटर) नेपालमा आफ्नो २५ औं वार्षिकोत्सव मनाएको छ । काठमाडौंमा भएको कार्यक्रममा शर्मा एण्ड कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रमेश शर्मा, नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्जिनियरिङका अध्यक्ष विष्णु अग्रवाल, र कोने इलेभेटर इन्डियाका प्रबन्ध निर्देशक अमित गोसांईको उपस्थिती रहेको थियो । 

कार्यक्रममा नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्जिनियरिङका अध्यक्ष विष्णु अग्रवालले भने ‘कोने नेपालको निर्माण क्षेत्रमा अग्रणी ब्रान्ड मध्येको एक हो । हामिले कोनेका उत्पादनहरु नेपालभरी डेलिभर गर्न सक्षम भएको २५ वर्ष भईसक्यो । हामी कोने भारतको नेतृत्व टीम र नेपालका धेरै वरिष्ठ आर्किटेक्टहरु, परामर्शदाताहरु र ग्राहकहरुको उपस्थितिमा यो सफलताको उत्सव मनाउन चाहन्छौं । म विश्वस्त छु कि नेपालले हामी र हाम्रा उत्पादनहरुलाई अँगालेको छ किनभने नेपाल यो संसारको राम्रो कुरा अगांल्न सधैं तयार छ ।’ 

यस्तै कोने इलेभेटर इन्डियाका प्रबन्ध निर्देशक अमित गोसांइले भने ‘हाम्रो बजार उपस्थितिको एकदम छोटो अवधिमा हामीले नेपाल, भारत र अन्य अन्तर्राष्ट्रिय बजारहरुमा हाम्रा ग्राहकहरूको आवश्यकता र अपेक्षाहरु पूरा गर्न सक्षम भएका छौं । यो सबै सम्भव भएको छ किनभने हामी उत्कृष्ट उत्पादनहरु प्रदान गर्नमा विश्वास गर्छौं  । कार्यक्षमता, डिजाइन वा नवीनता सँग सँगै २५ वर्षभन्दा बढीको यो लामो सफल यात्रामा नेपाल  सम्भावनाले भरिपूर्ण छ । कोनेको नेतृत्व विशेष सेवा समर्थन र आफ्ना ग्राहकहरुमा ध्यान केन्द्रित गर्न प्रतिबद्ध छ किनभने हामी नेपाललाई धेरै महत्वपूर्ण रणनीतिक बजार मान्दछौ ।’ 

त्यस्तै एमएडब्लु इन्जिनियरिङका कार्यकारी निर्देशक विशाल गाडियाले भने, ‘कोने लिफ्ट र एस्केलेटरहरु नेपालभर अस्पताल, होटल, व्यावसायिक भवन, मल, विमानस्थल, पूर्वाधार भवन, आवासीय अपार्टमेन्ट, शैक्षिक संस्था, कारखाना आदिमा स्थापित भई फैलिएका छन् ।’

विश्वको सबैभन्दा ठूलो यात्रु लिफ्ट कोनेद्वारा नै बनेको छ ।  यसको मेसिन बलियो, टिकाउ र ऊर्जा बचत गर्ने कम्पनीको दाबी छ । ब्रान्डको मुख्य उदेश्य आफ्ना यात्रुहरुका लागि सुरक्षित र निर्वाध चल्ने बनाउनु हो । कोने इलेभेटर इन्डियाको नेपालमा लामो र सफल इतिहास रहेको छ । यसले नयाँ नयाँ आविष्कार गरेकै कारणले यो आठ पटकको लागि फोर्ब्सको सबैभन्दा नवीन कम्पनीहरुको सूचीमा सूचीबद्ध भएको छ । सबैभन्दा ठूला, छिटो र अग्लो लिफ्टहरु कोने ब्रान्डका हुन् । कोने फिनल्याण्डको हेलसिंकीमा सन् १९१० मा स्थापना भएको फिनिस ब्रान्डको लिफ्ट र एस्केलेटर ब्रान्ड हो ।

ADVADV

सम्बन्धित खबर

Advertise