२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

वैदेशिक रोजगारी ठगीका दुई आरोपी कम्बोडियाबाट पक्राउ

ADV
मध्यान्ह
२०८१ कार्तिक १९ गते २०:३२
वैदेशिक रोजगारी ठगीका दुई आरोपी कम्बोडियाबाट पक्राउ

काठमाडौं : आकर्षक तलबसहितको वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिने प्रलोभन देखाएर ठगी गरिरहेका फरार दुई जनालाई पक्राउ गरिएको छ ।  

इन्टरपोलको रेड नोटिस जारी भएका सिन्धुपाल्चोक मांखाकी विनु शाक्य र उदयपुर त्रियुगाका सुजन आचार्य इन्टरपोल प्रहरीको सहयोगमा कम्बोडियामा पक्राउ परेका हुन् । गत असोज १ मा पक्राउ परेका दुवै जनालाई कानूनी प्रक्रिया पूरा गरी कात्तिक ९ गते नेपाल ल्याइएको प्रहरीले बताएको छ ।

उनीहरूविरुद्ध गत माघ १९ गते इन्टरपोलले रेड नोटिस जारी गरेको थियो । उनीहरुविरुद्ध  वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भन्दै ४० जनाभन्दा बढी युवायुवतीबाट ५ करोड २ लाख ९४ हजार रुपैयाँ ठगी गरेको मुद्दा रहेको प्रहरीले बताएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise