एजेन्सी : अमेरिकाको ४७औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् ।
दोस्रो विश्वयुद्धपछि ट्रम्प चार वर्षको अन्तरालपछि पुनः विजयी हुने पहिलो राष्ट्रपति बनेका छन् । यसअघि, ट्रम्प सन् २०१६ मा पहिलोपटक राष्ट्रपति बनेका थिए । दोस्रोपटक उनी २०२० मा बाइडेनसँग पराजित भएका थिए ।
ट्रम्पले डेमोक्र्याट उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् । यद्यपि निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी छ ।
हालसम्म ट्रम्पको इलेक्टोरल भोट २७९ पुगेको छ । बहुमतका लागि इलेक्टोरल भोट २७० भए पुग्छ ।