२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

आफ्नै श्रीमतीको हत्या अभियोगमा एक जना पक्राउ

shivam cement
२०८१ कार्तिक २३ गते १२:०२
Shares
आफ्नै श्रीमतीको हत्या अभियोगमा एक जना पक्राउ

तनहुँः आफ्नै श्रीमती ३९ वर्षीया प्रतिक्षा श्रेष्ठको हत्या गरेको अभियोगमा भानु नगरपालिका–८ गैरीफाँट बस्ने ४२ वर्षीय ओम नारायण श्रेष्ठलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

ओम नारायणले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा प्रतिक्षा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी प्रतिक्षाको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  


 

सम्बन्धित खबर