२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

युक्रेनी अपार्टमेन्टमा भएको रूसी आक्रमणमा परी २५ जना घाइते

Nada
२०८१ कार्तिक २३ गते १५:१८
Shares
युक्रेनी अपार्टमेन्टमा भएको रूसी आक्रमणमा परी २५ जना घाइते

काठमाडौंः युक्रेनी सहर खार्किभको एउटा अपार्टमेन्टमा भएको रूसी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा २५ जना घाइते भएका छन् । मेयर टेरेखोभले टेलिग्राममा जनाए अनुसार १२ तले आवासीय भवनमा भएको रूसी आक्रमणले पहिलो र तेस्रो तलालाई आंशिक रूपमा क्षतिग्रस्त बनाएको र यसबाट कम्तीमा २५ जना घाइते भएका खार्किभका मेयर इगोर टेरेखोभले शुक्रबार बताए।  

ncell

आक्रमणमा फसेकाहरूको उद्धार कार्य जारी रहेको तथा घाइतेको सङ्ख्या अझै बढ्न सक्ने जनाउँदै हालसम्म २५ जना घाइतेको पुष्टि भएको जनाए । युक्रेनी राष्ट्रपतिको चिफ अफ स्टाफ एन्ड्री यरमाकले रूसले जानाजानी अपार्टमेन्टमा प्रहार गरेको आरोप लगाउँदै रूसीहरूले साना तथा ठूला मिसाइलले किएभमा आक्रमण गरिरहेको जनाए ।

किएभको सैन्य कार्यालयले राजधानीमा क्षेप्यास्त्र आक्रमणलाई विफल पार्न मिसाइल प्रतिरोधी प्रणालीको प्रयोग भइरहेको जनाएको छ । यस क्षेत्रका गभर्नर ओलेग किपरले ड्रोनले देशको दक्षिणमा रहेको ओडेसा र यसको उपनगरहरूमा पनि प्रहार भएको र आक्रमणबाट कम्तिमा दुई जना घाइते भएको बताए ।

युक्रेनी अधिकारीहरूका अनुसार बिहीबार किएभलाई लक्षित गरी गरिएको अर्को रूसी ड्रोन आक्रमणले दुई जना घाइते हुनुका साथै भवनहरू क्षतिग्रस्त भएका थिए भने धेरै जिल्लाहरूमा आगो लागेको थियो । रूसले सन् २०२४ फेब्रुअरीदेखि नै ड्रोन र मिसाइलले युक्रेनको राजधानीलाई लक्षित गरी आक्रमण गरेको छ । पछिल्लो समयमा युक्रेनी अधिकारीहरूले रूसी हवाई आक्रमणहरू रोक्नका लागि आफ्ना सहयोगीहरूबाट हवाई रक्षा प्रणालीलगायतका सहयोगको अपेक्षा गरिरेका छन् । (एजेन्सी)

सम्बन्धित खबर