एजेन्सी : चिलीमा सोमबारदेखि बेपत्ता भएको सैन्य विमानको भग्नावशेष रहेको स्थान पत्ता लागेको छ । विमान अन्तिमपटक सम्पर्कमा रहेको स्थान भन्दा ३० किलोमिटर पर तैरिएको अवस्थामा भग्नावशेष भेटिएको हो ।
चिलीको हवाई सैनिकले बेपत्ता विमान तथा यात्रुको खोजी प्रयास जारी नै राखेका छन् । अन्टारकटिकाका लागि उडेको हवाई सुरक्षा बलको विमान सोमबारवाट बेपत्ता भएको थियो । विमानमा चालक दलका १७ सहित ३८ यात्रु सवार थिए ।
तिमध्ये तीन जना सर्वसाधारण रहेको बताइएको छ । विमान सेनाका लागि बन्दोबस्तीका समाग्री पु¥याउनका लागि अन्टारकटिका जाँदै थियो । किङ्ग जर्ज आइल्याण्डमा पुग्दासम्म विमानसँग सम्पर्क विच्छेद भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies